११ कार्तिक २०८१, आइतबार

प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित

प्रकाशित मिति :  17 January, 2022 4:17 pm


काठमाडौं । प्रदेश २ को राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । सोमबार भएको प्रदेश सभाको मतदानमा कुल १०४ सदस्य मध्ये बैठकमा ९९ जना सहभागी भएका थिए।  जसमध्ये ७८ जनाले स्थायी राजधानी जनकपुर राख्ने प्रस्तावमा मतदान गरेका छन् ।

दलहरुको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाइ मत प्राप्त भएपछि  सभामुख सरोजकुमार यादवले जनकपुरधाम नै स्थायी राजधानी भएको घोषणा गरे ।

प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए ।

प्रदेशसभामा आज भएको मतदानमा सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) दुई तिहाइबाट पारित गरिएको भन्दै अन्य प्रस्ताव निष्क्रिय भएको घोषणा गरे ।

पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुंगो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो। प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो।



प्रतिक्रिया दिनुहोस !