११ कार्तिक २०८१, आइतबार

गुण एअरलाइन्सको आकासमै ढोका खुलेको विषयमा छानविन गर्न समिति गठन

प्रकाशित मिति :  18 January, 2022 3:50 pm


काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एअरलाइन्सको आकासमै ढोका खुलेको विषयमा छानविन गर्न सरकारले छानविन समिति गठन गरेको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक क्या. दघिराम निरौलाको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको हो ।

छानविन समितिको सदस्यमा मन्त्रालयका इलेक्ट्रिकल इन्जिनियर नविस आचार्य, प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री राई छान भने सदस्य सचिवमा प्राधिकरणकै एरोनोटिकल इन्जिनियर रितेशराज पन्त रहेका छन् ।

माघ २ गते काठमाडौंबाट पोखरा उडानमा रहेको गुण एअरलाइन्सको जहाजमा प्राविधिक गडबडी भइ आकाशमै ढोका खुलेको थियो । ढोका खुलेपछि जहाजलाई काठमाडौं नै फकाइएको थियो ।

सचिवस्तरीय निर्णयबाट हिजो गठन भएको समितिलाई प्रतिवेदन बुझाउन तीन दिनको समय दिइएको मन्त्रालयका प्रवक्ता डा. टाेकराज पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !