११ कार्तिक २०८१, आइतबार

अभियान लघुवित्त वित्तीय संस्थाद्वारा फिल्ड कर्मचारीलाई तालिम

प्रकाशित मिति :  18 January, 2022 5:12 pm


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको कर्णाली क्षेत्र अन्तरगतका शाखामा कार्यरत फिल्ड कर्मचारीहरूका लागि तालिम सञ्चालन गरेको छ ।

पुस २८ र २९ गते दुईदिने फिल्ड व्यवस्थापन तालिम सञ्चालन गरेको संस्थाले जनाएको छ ।

प्रशिक्षणको उद्घाटन गर्दै संस्थाका अध्यक्ष बाबुराम थापाले लघुवित्त सेवा प्रवाहमा फिल्ड कर्मचारीहरू प्रत्यक्ष रुपले सहभागि हुने भएकाले क्षमता अभिवृद्धी गर्न आवश्यक रहेकाले प्रशिक्षण आयोजना गरेको बताए ।

कैलालीको धनगढीमा रहेको होटल फ्लोरामा सञ्चालन गरिएको तालिममा १५ वटा शाखाका २७ जना फिल्ड कर्मचारी सहभागि भएका थिए । तालिमको सहजीकरण संस्थाका अनुगमन अधिकृत तथा विभागीय प्रमुखहरूले गरेका थिए ।

पनौती-४ काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त संस्था राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।

संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको    छ ।

हाल चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको संस्थाको आईपीओ जारी गरेपश्चात् चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्ने छ ।



प्रतिक्रिया दिनुहोस !