कोरोनाको उच्च जोखिम रहेको भन्दै दुबईबाट फर्काइए ३० नेपाली
प्रकाशित मिति : 2 March, 2020 4:47 pm

काठमाडौ, १९ फागुन ।
वैदेशिक रोजगारका लागि दुबईबाट बहराइन जान लागेका ३० नेपालीलाई स्वदेश फर्काइएको छ । विश्वभर कोरोनाको प्रकोप बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई स्वदेश फर्काइएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
उनीहरुलाई क्वारेन्टाइन राखिएको वा नराखिएको भन्ने विषय भने खुलाइएको छ । विश्वभर कोरोनाको प्रकोप तीव्र रुपमा फैलिन थालेपछि पुर्व सतर्कता स्वरुप उनीहरुलाई स्वदेश फर्काइएको बताइएको छ ।
यसअघि नेपाल सरकारले नेपालमा हुने सबै अन्तर्राष्ट्रिय सभा-सम्मेलनसमेत स्थगित गरी सकेको छ । सरकारले सम्पुर्ण नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ ।