६ आश्विन २०८१, आइतबार

भारतमा एकैदिनमा थप तीन लाख १७ हजार सङ्क्रमित

प्रकाशित मिति :  20 January, 2022 5:10 pm


काठमाडौं । कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना सङ्क्रमित थपिएका छन् ।

भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेको अधिकारीहरुले जनाएका छन् । गत २४ घण्टामा परिक्षण गरिएका मध्ये १६.४१ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट दुई लाख २३ हजार ९९० जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५८ लाख ७ हजार २९ पुगेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९३.६९ प्रतिशत रहेको जनाइएको छ ।

पछिल्लो एक दिनमा ४९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८७ हजार ६९३ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ९३ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५९ करोड ६७ लाख भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ।-रासस



प्रतिक्रिया दिनुहोस !