थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, चार जनाको मृत्यु
प्रकाशित मिति : 20 January, 2022 5:34 pm
काठमाडौं । देशभर थप १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार २७ हजार ४९७ जनामा परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २१ हजार सात नमुनाको पीसीआर टेष्ट छ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा कुल १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना संक्रमणबाट निको भएका छन् भने ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।