छुटेका नागरिकलाई खोप लगाउन वालिङ नगरपालिकाको अपिल
प्रकाशित मिति : 21 January, 2022 1:00 pm
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले नगरपालिका भित्र कोरोना संक्रमण बढिरहेको भन्दै खोप लगाउन अपिल गरेको छ ।
नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै खोप लगाउन अपिल गरेको हो । वालिङ नगरपालिकामा हिजो मात्रै ७१ जनामा कोभिड परिक्षण गर्दा ४५ जनामा संक्रमण पुुष्टि भएको थियो ।
नगरप्रमुख दिलिप प्रताप खाँडले खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउन अपिल गरेका छन् । नगरपालिकाले कोरोना जोखिम न्यूनिकरण गर्न सरकारी कार्यलयहरूमा भिडभाड नगर्न र विद्यालयहरू बन्द गर्न निर्देशन दिइसकेको छ ।
खाँडले भाइरसलाई गम्भीर रुपमा लिएको र वालिङको गैह्रौ प्रथामिक अस्पतालमा ५० ओटा कोभिड बेड र स्वास्थ्यकर्मीहरु तयार रहेको बताएका छन् ।