११ कार्तिक २०८१, आइतबार

सिभिल बैंकको खराब कर्जा घट्यो भने खुद मुनाफामा १४८ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  21 January, 2022 1:03 pm


काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु् आर्थिक वर्ष ०७८/०७९को अपरिष्कृत वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्ममा बैंकको खुद मुनाफ १४८.४१ प्रतिशतले बढेको छ ।

बैंक चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५० करोड ४० लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । जुन गत वर्ष सोही अवधिको तुलनामा नाफामा १४८.४१ प्रतिशतले बढी हो ।

समीक्षा अवधिका लागि बैंकको नाफा ६ करोड ९७ लाख रुपैयाँ मात्र रहेको छ ।

गत वर्षको तुलनामा यस वर्ष सोही अवधीमा बैंक संचालन मुनाफा पनि १७१ प्रतिशतले बढेर ७३ करोड २२ लाख रुपैयाँ पुगेको छ भने गत वर्ष सोही अवधीमा २६ करोड २२ ९७ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म ९३ करोड ४५ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म १.७० प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.९४ प्रतिशतमा झारेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) ११.६६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२९.३९ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !