१३ मंसिर २०८१, बिहिबार

स्वास्थ्य मन्त्रालयद्वारा पहिले लगाएकै खोपको बुस्टर डोज लगाउन आग्रह

प्रकाशित मिति :  21 January, 2022 3:57 pm


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै जुन खोप लगाइएको छ त्यसकै बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी बताउछन् । भन्छन्, ‘पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउन सिफारिस गरेका छौं । एउटा खोप लगाएकोमा अर्को मिसाउने सिफारिस गरेका छैनौँ ।’

उनका अनुसार कोभिशिल्ड र अस्ट्रजेनेका खोपको बनावट एउटै हो । त्यसैले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन । तर कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस नगरेको सहप्रवक्ता अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !