११ कार्तिक २०८१, आइतबार

लिटमस केबलद्वारा ‘पावर पार्टनर्स मिट–२०७८’ सम्पन्न

प्रकाशित मिति :  21 January, 2022 3:49 pm


काठमाडाैं । लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले बुटवलमा ‘पावर पाटनर्स मिट–२०७८’ सम्पन्न गरेको छ ।

कम्पनीले लिट्मस केवल ब्राण्डअन्तर्गत आधुनिक जर्मन प्रविधि एवं अत्याधुनिक पूर्वाधार प्रयोग गरी विभिन्न प्रकारका गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ । कार्यक्रममा लिट्मस केवलका ब्राण्ड एम्बेसेडर नायक राजेश हमाल लगायत रुपन्देही जिल्लाका वरिष्ठ उच्च पदस्थ व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन पार्टनरहरुको मेहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो । सोहि अवसरमा कम्पनीका ब्राण्ड एम्बेसेडर राजेश हमालले लुम्बिनी विद्युत उद्योगको पनि भ्रमण गरेका थिए ।

भ्रमणको दौरान कम्पनीले प्रयोग गर्दै आइरहेको एडभान्स जर्मन टेक्नोलोजी मेसिनबाट उत्पादित सामानहरु अवलोकन गरेका थिए ।

सम्मेलनलाई थप अन्तरक्रियात्मक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । साथ–साथै पार्टनरहरुलाई उल्लेखनीय कामका लागि प्रमाण–पत्र तथा अवार्डहरु हस्तान्तरण गरिएको थियो । साथै कम्पनीका पदाधिकारीहरुले सबै पार्टनरहरुसँग भेट गरि उनीहरुका जिज्ञासा पनि लिएका थिए ।

सम्मेलनमा उपस्थित सम्पूर्णलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने , “यहाँहरुको मेहेनत र ग्राहक सेवाले गर्दा कम्पनीले नयाँ उचाई हासिल गरेको छ । यसको लागि देशभरका डिलरहरुप्रति आभार प्रकट गर्दछौँ । हामीहरुले यो उचाई कायम राख्न अझै बढी ग्राहक सेवामा केन्द्रित रही बिक्री सेवामा सुधार गर्दै जानुपर्छ । साथै, ग्राहकहरुको विश्वास जित्दै कम्पनीको लक्ष्य हासिल गर्न हामी निरन्तर लागि पर्नुपर्छ ।”

लुम्बिनी विद्युत उद्योग प्रा.लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।



प्रतिक्रिया दिनुहोस !