११ कार्तिक २०८१, आइतबार

तोलामा ३००ले घट्यो सुन

प्रकाशित मिति :  23 January, 2022 11:31 am


काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदि प्रतितोला १० रुपैयाँले घटेर तोलाको १३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !