११ कार्तिक २०८१, आइतबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण

प्रकाशित मिति :  23 January, 2022 1:01 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ओली बालकोटस्थित निवासमा आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको उनले बताए ।

सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरेका थिए । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् ।



प्रतिक्रिया दिनुहोस !