११ कार्तिक २०८१, आइतबार

बिमा समितिको निर्देशन पछि ज्योति लाइफको लाभांश परिमार्जन

प्रकाशित मिति :  23 January, 2022 2:10 pm


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको लाभांश परिमार्जन गरेको छ । कम्पनीले बिमा समितिको निर्देशन अनुसार हिजो बसेको संचालक समितिको बैठकले लाभांशमा परिमार्जन गरेको हो ।

हिजो माघ ७ गते बसेको संचालक समितिको बैठकले लाभांशमा परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस अघि गत कात्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरी स्वीकृतिका लागि बीमा समिति पठाएको थियो।

तर, बीमा समितिले नगद लाभांशको सट्टामा बोनस सेयर र कर प्रयोजनका लागि मात्र नगद लाभांश वार्षिक साधारणसभाबाट पारित भएपश्चातमात्र वितरण गर्न भनी निर्देशन दिँदै कम्पनीलाई गत माघ ६ गते पत्राचार गरेको थियो। जसअनुसार कम्पनीले लाभांश परिमार्जन गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !