११ कार्तिक २०८१, आइतबार

नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार रकम भने ७ अर्ब माथि

प्रकाशित मिति :  23 January, 2022 3:17 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक आज १०.८३ अंकले घटेर २९२०.५१ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले बढेर ५४३.८० पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ५ वटा उपसमुहको सेयर बढेको छ भने ८ वटा उपसमुुहको सेयर घटेको छ ।
आइतबार कारोबार रकमका आधारामा नेपाल टेलिकम कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ३२ करोड१४ लाख ५३ हजार ४ सय २८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज वेन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज साम्लिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ६.६९ प्रतिशतले घटेको छ ।
कुल २३२ कम्पनीको १ करोड ४७ लाख ४हजार २ सय ७७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४ करोड ५ लाख ८ हजार २ सय ६२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !