११ कार्तिक २०८१, आइतबार

नेपाल राष्ट्र बैंकले स्वीकृत नगरेपछि एनाआईसी एशिया बैंकको लाभांश रद्द

प्रकाशित मिति :  24 January, 2022 12:25 pm


काठमाडौं । एनआएसी एशिया बैंक लिमिटेडले प्रस्ताव गरेको लाभांश रद्द भएको छ । नेपाल राष्ट्र बैंकले एनआईसी बैंकको पूँजी पर्याप्त नदेखिएको भन्दै बैंकको लाभांश रद्द गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांशसम्बन्धी निर्णयलाई रद्द गरेको हो ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको जनाउँदै लाभांश घोषणा तथा वितरणसम्बन्धी प्रस्ताव स्वीकृत नभएको जानकारी एनआईसी एसिया बैंकलाई पठाएको थियो। सोही कारण लाभांश वितरणसम्बन्धी निर्णय रद्द गर्नुपरेको बैंकले जनाएको छ।

बैंकको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

यस निर्णयबाट बैंकका सेयरधनीहरुलगायत सम्पूर्ण सरोकारावालाहरुलाई पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।



प्रतिक्रिया दिनुहोस !