११ कार्तिक २०८१, आइतबार

धितोपत्र बोर्डबाट एकैपटक ६ कम्पनीले पाए आइपीओ निष्काशन गर्न अनुमति

प्रकाशित मिति :  24 January, 2022 1:07 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । धितोपत्र बोर्डले हिजो माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

धितोपत्र बोर्डको सञ्चालक समितिको गत माघ ५ गते बसेको बैठकले भने यी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने निर्णय गरेको थियो।

अब बलेफी हाइड्रोपावर स्थानीय र सर्वसाधारणका लागि कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यसैगरी ग्रिन भेन्चरले स्थानीय र सर्वासाधारणका लागि कुल ६२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ। कम्पनीले उक्त आइपीओ निष्काशनमा लक्ष्मी क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ ।

नेष्डो समृद्ध लघुवित्तले सर्वसाधारणका लागि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

त्यस्तै जाल्पा सामुदायिक लघुवित्त ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

राष्ट्र उत्थान लघुवित्तले ८ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

यसका साथै इमर्जिङ नेपालले पनि धितोपत्र बोर्डबाट ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले उक्त आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !