४ आश्विन २०८१, शुक्रबार

अनुज्ञापत्र नम्बर हेरेर मात्र मह खरिद गर्न विभागको आव्हान

प्रकाशित मिति :  24 January, 2022 1:20 pm


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य अनुज्ञापज्ञ (डीएफटीक्यूसी नम्बर) लगायतका सूचना उल्लेख गरिएकाे लगाइएका खाद्य वस्तु मात्र खरिद गर्न आव्हान गरेको छ ।

विभागले गुणस्तरहीन मह विक्री वितरण भइरहेको गुनासो आइरहेको अवस्थालाई मध्यनगर गर्दै सूचना जारी गरेको हो । खाद्य ऐन अनुसार मह लगायत प्रशोधित खाद्यान्न उत्पादनको लागि अनिवार्य रुपमा अनुमति लिनु पर्ने र सो को अनुज्ञापत्र नम्बर अनिवार्य रुपमा उत्पादनमा उल्लेख गर्नुपर्ने हुन्छ।

“महको लेवलमा अनिवार्य रुपमा अनुज्ञापत्र नं. (डीएफटीक्यूसी नं.) समेत खुलाई विक्री वितरण गर्नुपर्ने प्रावधान भएकाले अनुज्ञापज्ञ नं. उल्ल्ेख नभएका महहरु खरिद तथा उपभोग नगर्न हुन आम उपभोक्ता वर्गमा अनुरोध छ,” विभागले जारी गरेको सूचनामा उल्लेख छ।

विभागले मह लगायत अन्य खाद्य पदार्थमा पनि खाद्य ऐन २०२३ को दफा ४(ख) र खाद्य नियमावली २०२७ को नियम २४ बमोजिम अनुज्ञापत्र अनिवार्य लिनुपर्ने व्यवस्था रहेको जनाएको छ । महमा कुनै प्रकारको मिसावट पाइएमा ऐनको दफा ५ बमोजिम कारबाही गरिने विभागले जनाएको छ।

विभागले खाद्य स्वस्छतासँग सम्बन्धित गुनासो वा उजूरी भएमा सम्पर्क गर्न अुनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !