१० मंसिर २०८१, सोमबार

लुम्बिनी प्रदेशमा परीक्षण गरिएका मध्ये झण्डै ६० प्रतिशतमा कोरोना

प्रकाशित मिति :  24 January, 2022 2:32 pm


बुटवल । लुम्बिनी प्रदेशमा परीक्षण गरिएका मध्ये झण्डै ६० प्रतिशतमा कोरोना पुष्टि हुने गरेको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार परीक्षण गरिएका मध्ये झण्डै ६० प्रतिशतमा कोरोना भेटिएको हो ।

कोरोनाको तेस्रो लहरल फैलिएसँग लुम्बिनीमा कोरोना संक्रमित ११ जनाको मृत्यु भएको मन्त्रालयका सचिव विकास देवकोटाले जानकारी दिएका छन् ।

दोस्रो लहरमा हिजोसम्मको तथ्याङ्क अनुसार ५ हजार ५ सय २८ जना संक्रमित भएका छन् जसमध्य ५ हजार ३६ जना होम आइसेलेसन, ५० जना संस्थागत आइसोलेसन र ३३ जना आईसियू र १ जना भेण्टिलेटरमा रहेको सचिव देवकोटाले जानकारी दिए ।

प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, भिम अस्पताल , भेरी र राप्ती अस्पताललाई कोरोना डेडिकेटेट अस्पताल बनाएर तयारी अवस्थामा राखिएको छ । प्रदेशका विभिन्न अस्पतालहरूमा ६२४ एचडियू , ,२५३ आईसियू , र ६२ वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएकोे छ ।

अहिलेसम्म प्रदेशमा लक्षित जनसंख्या मध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोश्रो मात्राको कोरोना विरुद्धको खोप लगाईएको मन्त्रालयको तथ्याङ्क छ । अझैं १८ लाख ६२ हजार भन्दा बढि डोज आवश्यकता रहेको सचि देवकोटाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !