११ कार्तिक २०८१, आइतबार

पाम आयलको भारत निर्यात अझ डेढ दशकसम्म चल्ने

प्रकाशित मिति :  24 January, 2022 4:03 pm


काठमाडौं । पाम आयलको भारत निर्यात अझ डेढ दशकसम्म हुने सक्ने देखिएको छ ।

खाने तेलको माग र घरेलु आपूर्तिको अनुपातको अध्ययनबाट भारत बाहिरबाट आयात गरिने तेलको सम्भावना कम्तीमा अझ १५ वर्ष रहने देखिएको हो ।

सोल्भेन्ट एक्स्ट्रयाक्टर्स असोसिएसनका कार्यकारी निर्देशक बीभी मेहताका अनुसार खाने तेलको उपभोग अर्को चार वर्षमा १७ प्रतिशतले वृद्धि हुने भएको छ ।

भारतमा हुने खाने तेलको उत्पादन र माग बीचको अन्तर अझ फराकिलो हुने छ । सन् २०२१/२२मा खाने तेलको उत्पादन १ करोड टन हुन सक्ने देखिएपनि स्थानीय उपभोग भनेको २ करोड ३० टन जति रहेको छ ।

खाने तेलको सर्वाधिक ठूला खरिदकर्ता देशहरू मध्ये भारतले तेलको आयात गर्नुबाट आफूलाई हटाउन संघर्ष गर्नुपरेको छ ।

भारतका किसानहरूले विशेषरूपले कपास र धान, गहुँ र चिनी जस्ता मुख्य खाद्यबाली उत्पादन गर्ने तर्फ ध्यान दिएका छन् । सरकारले सञ्चालन गर्ने जनकल्याणकारी कार्यक्रमका लागि थोकमा यस्ता खाद्यबाली खरिद गर्न न्यूनतम मूल्य निर्धारण गर्ने गर्छ । किसानहरूले यसका कारण यस्ता बालीहरू उब्जाउन बढी ध्यान दिने गरेका छन् ।

यी किसानहरूको ध्यान अन्यत्र सार्न रातारात सम्भव हुँदैन् । तेलहनका विभिन्न बालीले देशको राष्ट्रिय उत्पादनलाई बलियो पार्न सक्छ ।
तर सरकारले तेलहन बाली उत्पादन गर्ने किसानहरूलाई दिने सरकारी सहुलियत अझ कमजोर रहेको राष्ट्रिय वस्तु व्यवस्थापन सेवा लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी सिराज चौधारीले जनाएका छन् ।

भारतीय किसानहरूको सोचाइमा स्थानीयरूपले परिवर्तन हुन थालेको छ ।

धान उत्पादन गर्ने किसानहरूलाई वर्षाको मौसममा सूर्यमुखी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्छ । गहुँ उत्पादन गर्ने किसानले हिउँदमा तेलहन उत्पादन गर्छन् । तेलहनबाट बनेको खानेतेलको परिपूरकको रूपमा धानको भुसबाट निकालिने तेल र काजुबाट निकालिने तेलको उच्च उत्पादन प्रयोग हुन सक्ने चौधरीले जनाए ।

विशेषरूपमा पाम आयलले खानेतेलको घरेलु माग र घरेलु उत्पादन बीचको खाडल पुर्ने सम्भावना बोकेको छ । भारतीयहरूले प्रायः जसो नरम तेल सस्तो भएकोले र यसलाई अन्य बोसोबाट सजिलै ब्लेन्ड गर्न सकिने भएकाले माग गर्छन् ।

अन्य तेलको तुलनामा यसमा बनेका खानेकुराको आयु लामो हुने भएकाले यो तेलले रेस्टरन्ट र होटल जस्ता ठूला उपयोगकर्ताहरूका लागि लागत घटाउन सहयोग गर्छ ।

भारत सरकारलाई खाने तेलको आयात गर्ने अवस्थाबाट छुटकारा पाउन सोयाबिनको आयात गर्न र त्यसबाट भारतमा तेल उत्पादन गर्ने विषयमा सोच्न वस्तु विज्ञहरूले लबिङ गरिरहेका छन् ।

यसो भए भारतको स्थानीय मागलाई स्थानीयरूपमा आपूर्ति गर्न सकिने तर्क गरिएको छ । भारतीय भोजनमा खाने तेल एक अभिन्न भाग हो । यसले भोजभतेरमा ठूलो भूमिका खेल्छ ।

सडक किनारका साना पसलमा जेरी बनाएर ग्राहकलाई लोभ्याउनुदेखि मुख्य खानेकुराको पसलहरूमा खाना थाल सजाउन खाने तेलको उपयोग खुबै हुन्छ ।

यसले गदौ भारत पाम आयल, सोयाबिन तेल र सनफ्लावर तेलको आयात गर्ने विश्वको सबै भन्दा ठूला आयातकर्ता बनेको छ ।
मेहताका अनुसार भारतमा पाम आयलको उत्पादनले खाने तेलको चौतर्फी आपूर्तिलाई पूरा गर्नेछ ।

भारतले स्फीति घटाउन खानेतेलमा भइरहेको भन्सार महसुल घटाउन गरेको प्रयास असफल भएको छ । अधिकांश वस्तुहरूको सम्बन्ध वैश्विक मूल्यहरूसँग जोडिन्छ । वस्तुको आपूर्तिमा समस्या हुँदा तथा जैविक इन्धनको उपयोग बढेर जाँदा विगतका वर्षमा अधिकांश वस्तुको मूल्य बढेर गयो ।

भारतको उपभोक्ता खाद्य मूल्य फुड प्राइस डिसेम्बरमा बढेर गयो । खानेतेलको मूल्यमा भएको वृद्धिले खानेकुराको मूल्यमा वृद्धि हुन गयो । भारतको तथ्यांक मन्त्रालयले जनाए अनुसार एक वर्ष अघिको तुलनामा यो २४ प्रतिशतले बढ्यो ।

यो वृद्धि भारतले खाने तेलमा दिएको कर छुटका बाबजुद हुन पुग्यो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको वृद्धिले विश्वभरि फुड कस्ट बढ्दै गएको देखिन्छ ।सर्वाधिक उपभोग हुने पाम आयलको मूल्य क्वालालम्पुरमा सन् २०२१मा ३० प्रतिशतले बढ्यो । सोयाबिन तेलको मूल्य सिकागोमा सोही अवधिमा यस्तै दरले वृद्धि भएको देखियो ।

ठीक यही बेला नयाँ दिल्लीमा सनफ्लावर, सोयाबिन र पाम आयलको तेलमा १२ प्रतिशत देखि ३० प्रतिशत भन्दा बढीको बीचमा सन् २०२१मा बढेको खाद्या मन्त्रालयको आँकडामा उल्लेख छ ।

पालम आयलको ताजा वृद्धि सोमबार भयो । क्वालालम्पुरमा यसको भविष्य बेञ्चमार्क मूल्य १.१ प्रतिशतले बढेर प्रति टन १२८६ अमेरिकी डलर बराबर पुग्यो ।

यसको प्रतिस्पर्धी तेल सोयाबिनको मूल्य सिकागोमा प्रति पाउण्ड ६३.०८ सेन्ट बढ्यो ।

 

 

 



प्रतिक्रिया दिनुहोस !