६ आश्विन २०८१, आइतबार

रुसले युक्रेनमा आक्रमण गर्ने भनेर बेलायतले दूतावासका कर्मचारी फिर्ता बोलायो

प्रकाशित मिति :  24 January, 2022 5:28 pm


काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्ने भनेर बेलायतले युक्रेनस्थित दूतावासका कर्मचारीहरूले फिर्ता बोलाउन सुरु गरेको छ ।

बेलायत कूटनीतिज्ञहरूलाई कुनै विशेष जोखिम नभएपनि रुसको आक्रमण गर्ने जोखिम बढेकाले युक्रेनबाट दूतावासका आधा जति कर्मचारीलाई फिर्ता बोलाएको हो ।

यसै गरी यसअघि अमेरिकाले पनि युक्रेनस्थित अमेरिकी दूतावासका कर्मचारी र तिनका परिवारजन र नातेदारहरूलाई युक्रेन छोड्न आदेश दिएको थियो ।

रुसले युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्न सक्ने अमेरिकाले जनाउँदै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अमेरिका र उसको सहयोग बेलायतले रुसले युक्रेनमाथि आक्रमण गर्ने योजना बनाइरहेको जनाएपनि रुसले भने यसलाई इन्कार गरेको छ ।

रुसले युक्रेनको सीमा सँग जोडिएको क्षेत्रमा एक लाख रुसी सेना तैनाथ गरेको छ ।तर उसले यसलाई सैनिक अभ्यासको रूपमा लिनुपर्ने जनाएको छ ।

विगत २४ घण्टामा अमेरिका र बेलायतले आ आफ्ना दूतावासबाट कर्मचारी फिर्ता बोलाउने निर्णय गरेका हुन् ।

युरोपियन युनियनका दूतावासका कर्मचारीहरू भने युक्रेनमै रहने युरोपियन युनियनको विदेश नीति प्रमुख जोसेप बोरेलले जनाएका छन् । उनले तनावलाई नाटकीकरण युरोपियन युनियनले गर्न नचाहेको बताए ।

डेनमार्क, स्पेन , बुल्गेरिया र नेदरल्याण्डस्लगायतका नेटोको सदस्य देशहरूले पूर्वी युरोपको प्रतिरक्षा बलियो पार्न लडाकु जेटविमान र युद्धपोतहरू पठाइरहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !