काठमाडौं उपत्यकामा ४६७६ जना सहित देशभर १०३१९ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २२६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै अहिले सम्म संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख २४ हजार २३९ जना रहेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेका छन् । जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
त्यस्तै काठमाडौंउपत्यकामा ४ हजार ६७६ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना कोरोना संक्रमित थपिएका हुन् ।