११ माघ २०८१, शुक्रबार

चुनावसम्बन्धी बाझिएका कानुन संशोधन गरिने

प्रकाशित मिति :  24 January, 2022 6:07 pm


काठमाडौं ।सत्ता गठबन्धनले चुनावसम्बन्धी बाझिएका कानुन संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सत्तारूढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गरी मात्र सरकारले निर्वाचनको मिति तोकिने बताएका छन् ।

संविधान र कानुन बाझिएका कारण निर्वाचनको मिति तोक्न सरकारलाई समस्या परेको खुलाउँदै खड्काले यसबारे आवश्यक गृहकार्य भइरहेको धारणा सार्वजनिक गरेका हुन् ।

आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी खड्काले बताए अनुसार सरकारले यसलाई संशोधन गर्ने र त्यस आधारमा चुनावबारे छलफल गरेर मिति तोक्ने छ ।

निर्वाचन आयोगले विद्यमान कानुनअनुसार स्थानीय तह निर्वाचनको मिति सिफारिस गरेपनि संविधान र कानुन बाझिँदा संशोधनको आवश्यकता देखिएको उनले जनाएका छन् ।

उनका अनुसार यस अघि निर्वाचन आयोगले विद्यमान कानुनअनुसार १२० दिनको समय मागी निर्वाचनको मिति सिफारिस गरेको भएपनि सरकारले छलफल गर्दै जाँदा संविधान र कानुन बाझिएको प्रस्ट रूपमा देखिएको हो ।

खड्काले जनाए अनुसार संविधानको धारा २२५ मा गाउँ र नगरसभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएको छ । संविधानको धारा २२५ र ऐनको दफा ३ बाझिएकाले कानुन संशोधन गर्नुपर्ने अवस्था छ ।



प्रतिक्रिया दिनुहोस !