१० मंसिर २०८१, सोमबार

नेता पुन स्वास्थ्य उपचार गरी झण्डै ४ महिनापछि स्वदेश फर्किए

प्रकाशित मिति :  24 January, 2022 8:51 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्य उपचार गरी स्वदेश फर्केका छन्।

झण्डै ४ महिनाको उपचारपछि नेता पुन स्वदेश फर्किएका हुन् । आज बेलुकी स्वदेश फर्किएका नेता पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

हिमालयन एयरलाइन्सको कार्गो विमानमा नेता पुन, उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्किएका छन्।

जटिल खालको बंशानुगत जण्डिसको समस्याबाट पीडित नेता पुनले सुरुमा सिंगापुर र पछि चीनको सेनजेन थर्ड पिपुल्स हस्पिटलमा उपचार गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !