टेकु अस्पतालमा स्थगन गरिएको खोप अभियान आजदेखि पुनः सञ्चालनमा
प्रकाशित मिति : 25 January, 2022 8:22 am
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगित गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
आइतबार अस्पतालमा कार्यरत ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगित गरिएको थियो ।अस्पतालले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज खोप अभियान सञ्चालन गराउँदै आएको थियो ।
सोमबार एक विज्ञप्ति जारी गर्दै अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि कोरोना भाइरसविरुद्धको खोप अभियानको आवश्यकतालाइ मध्ये नजर गरी खोप अभियान पुनः सञ्चालन गर्ने जानकारी दिए ।