११ कार्तिक २०८१, आइतबार

छापावाल सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

प्रकाशित मिति :  25 January, 2022 12:34 pm


काठमाडौं । नेपाली बजारमा आज छापावाला सूनको मूल्य उकालो लागेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले बढेर लागेर रु ९४ हजार पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो ।

महासंघले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९३ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले घटेर प्रतितोला रु एक हजार ३०० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४१ डलर आसपास कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !