११ कार्तिक २०८१, आइतबार

सुदूरपश्चिममा पहिलो पटक ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

प्रकाशित मिति :  25 January, 2022 1:52 pm


काठमाडौं । भारतबाट नेपाल प्रवेश गरेकाहरुको एन्टिजेन परीक्षण गर्दा सुदूरपश्चिम प्रदेशमा ४ जनामा पहिलो पटक ओमिक्रोन पुष्टि भएको छ । पहिलो पटक चार जनामा कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाका अनुसार कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एकरएक जनामा ओकिक्रोन पुष्टि भएको र उनीहरू सबै भारतबाट स्वदेश फर्किएका हुन् । अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !