१३ मंसिर २०८१, बिहिबार

बारामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

प्रकाशित मिति :  25 January, 2022 2:08 pm


बारा । बारामा कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका(३ बस्ने ६० वर्षीय पुरुषको मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

माघ १० गते एन्टीजेन परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहका अनुसार उनमा कोभिड निमोनिया भइसकेको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन सकेन । उनले कोभिड–१९ विरुद्धको कुनै पनि भ्याक्सिन लगाएका थिएनन् ।



प्रतिक्रिया दिनुहोस !