११ कार्तिक २०८१, आइतबार

नेप्सेमा स्वरोजगार लघुवित्तको बोनस सेयर सूचिकृत

प्रकाशित मिति :  25 January, 2022 2:52 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज एक कम्पनीको सेयर सूचिकृत भएको छ । मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार एक सय ९८ दशमलव २४ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

संस्थाले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावित लाभांश कार्तिक २७ गते सम्पन्न भएको कम्पनीको १३औँ वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !