११ कार्तिक २०८१, आइतबार

आजको मौसम पूर्वानुमान : बर्षा र हिमपातको संभावना

प्रकाशित मिति :  26 January, 2022 8:47 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्यतया बदली रहने छ।

महाशाखाका अनुसार आज देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।

आज राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना हुनुका कारण चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !