स्याङ्जा वालिङ नगरपालिकाकाे ११ औँ नगर सभा भर्चुअल माध्यमबाट
प्रकाशित मिति : 26 January, 2022 11:27 am
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले ११ औँ नगर सभा भर्चुअल माध्यमबाट गरेको छ ।
विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमण बढिरहेको कारण वालिङ नगरपालिकाले भर्चुअल माध्यमबाट ११ औं नगर सभा गरेको हो।
नेपाल सरकारले २०५४ माघ ११ वालिङ नगर पालिका घोषणा गरेको थियो ।सोही अवसर पारेर नगरले यो दिन नगर सभा गरेको हो ।
देशभरका ७ सय ५३ वटा स्थानीय तहहरु मध्ये भर्चुअल माध्यम (जुम) प्रविधि मार्फत नगर सभा गर्ने वालिङ नगर पालिका पहिलो भउको नगरपालिकाले दाबी गरेको छ ।