१३ मंसिर २०८१, बिहिबार

१० वर्षमा विदेशिनेको संख्या ७१ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  26 January, 2022 2:03 pm


काठमाडौं । नेपालको राष्टिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसारअनुसार साढे २१ लाख भन्दा बढी नेपाली विदेशभा रहेका छन् ।

केन्द्रीय तथ्यांक विभागले जनगणनाको प्रारम्भिक नतिजाको संक्षेप सार्वजनिक गर्दै १ लाख ६९ हजार ४७८ जना नेपालीहरू आफ्नो परिवारबाट बाहिर रहेको जनाएको छ ।

यसरी परिवारबाट टाढा भएर विदेशमा बस्ने मध्ये ८१.२८ प्रतिशत पुरुष र १८.७२ प्रतिशत महिला छन् ।

परिवारमा अनुपस्थित रहेको जनसंख्या अक्सर विदेशमा रहेको विभागले जनाएको छ । १० वर्षअघि २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना नेपाली परिवारबाट टाढा रहेको देखिएको थियो ।

विभागका अनुसार त्यसमध्ये ८७.६४ प्रतिशत (१६ लाख ८४ हजार, २९ पुरुष) थिए भने १.३६ प्रतिशत (२ लाख ३७ हजार ४ सय) महिला थिए । यसरी समग्रमा २०६८ भन्दा २०७८ मा विदेशिने महिलाको संख्या ७१.०९ प्रतिशतले बढेको छ ।

भौगोलिक क्षेत्रअनुसार तराईबाट १० लाख ६५हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ जनसंख्या विदेशमा बसोबास गरेको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !