राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा सत्तारुढ गठबन्धनका उमेद्वार विजयी
प्रकाशित मिति : 26 January, 2022 5:08 pm
रुपन्देही । राष्ट्रियसभा सदस्य चुनावमा लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक विजयी भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारले ४३७४ मतभार र एमालेका उम्मेदवारले ३३१२ मतभार प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेबाट भारती उपाध्याय, रामदयाल गुप्ता, र कृष्णबहादुर बिक पराजित भएका छन् ।