११ कार्तिक २०८१, आइतबार

खानी विभागका महानिर्देशक विरुद्ध रु.१ अर्ब २६ करोड भ्रष्टाचारको मुद्दा दायर

उपन्यायाधिवक्ता समेत तानिए
प्रकाशित मिति :  26 January, 2022 5:32 pm


काठमाडाैं । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे विरुद्ध १ अर्ब २६ करोड रुपैयाँ बराबरको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमेन्ट चुनढुंगा कम्पनीहरुबाट लिनुपर्ने रकम नलिएर राज्यलाई अर्बौ घाटा पारेको भन्दै विशेष अदालत काठमाडौंमा २ अर्ब २६ करोड १९ लाख ४८ हजार रुपैयाँको भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

खानी तथा भूगर्भ विभागबाट २०७६ जेठ १४ गते तत्कालीन उपमहानिर्देशक (हाल महानिर्देशक) रामप्रसाद घिमिरेको नेतृत्वमा गठित ३ सदस्यीय समितिले विभिन्न ९ वटा सिमेन्ट उद्योगहरुले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिणाम भन्दा बढी चुनढुंगा निकालेको निष्कर्ष निकाल्दै असार ३१ गते प्रतिवेदन दिएको थियो ।

प्रतिवेदनमा रु १ अर्ब २६ करोड १९ लाख ४८ हजार रुपूयाँ क्षतिपूर्ति(राजश्व) उठाउनुपर्ने गरी कारबाहीको सिफारिस गरेको थियो । तर कम्पनीहरुबाट लिनुपर्ने क्षतिपूर्ति नलिइ २०७७ जेठ १५ गते सु.मा.ई. जयराम घिमिरेको संयोजकत्वमा समिति गठन गरेर जम्मा १८ लाख रुपैयाँ मात्रै जरिवाना लिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगका अनुसार अनुसन्धान हुँदा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले आफ्नै नेतृत्वमा गठित (पहिलो) समितिले दिएको प्रतिवेदन अनुसार लिनुपर्ने क्षतिपूर्ति(राजश्व) नभराई सु.मा.ई. जयराम घिमिरको नेतृत्वमा बदनियतपूर्वक दोस्रो समिति गठन गरी नेपाल सरकारलाई राजश्व हानि नोक्सानी हुने र निजी उद्योग कम्पनीहरुलाई फाइदा पुग्ने गरी दोस्रो समितिले तयार गरेको गलत प्रतिवेदनले सिफारिस गरेबमोजिम गरेको उल्लेख गरेको छ ।

दोस्रो समितिको सिफारिस अनुसार ९ वटा कम्पनीलाई सामान्य जरिवाना मात्रै लिएको आयोगको दाबी छ । अख्तियारले सु.मा.ई. जयराज घिमिरे र उपसचिव सपना अधिकारी विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

त्यस्तै उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल,सि.डि.मे.ई प्रसान्त बाहोरा,सि.डि.जि. धर्मराज खड्का लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी र जियोलोजिष्ट डा. सौनक भण्डारी विरुद्ध पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरको छ ।



प्रतिक्रिया दिनुहोस !