८ मंसिर २०८१, शनिबार

राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का विरुद्ध भ्रष्टचारको मुद्दा दायर

प्रकाशित मिति :  26 January, 2022 6:09 pm


काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्दै बिशेष अदालतमा मुद्दा दायर गरेको हो।

नेपालका सर्वाधिक गोलकर्ता समेत रहेका खड्काले नेपाल प्रहरीको जागिर खान नक्कली शैक्षिक योग्यता देखाएर जागिर खाएको भन्दै अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो । खड्काले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको शैक्षिक योग्यता (आइ.ए.को) को झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई जागिर खाएका थिए ।

झुट्टा प्रमाणपत्र देखाएर वि.स. २०५५ सालमा जागिर खाएका खड्का वि.स. २०५९ प्रहरी नायब निरीक्षक पदमा बढुवा समेत भएका थिए ।

खड्कालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !