८ मंसिर २०८१, शनिबार

अभियान लघुवित्तले आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

प्रकाशित मिति :  27 January, 2022 12:16 pm


काठमाडौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले सर्वसाधारणको लागि रू. १०० अंकित मूल्य दरको  रू.९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।

संस्थाले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी अभियान लघुवित्त र मुक्तिनाथ क्यापिटलबीच सम्झौता गरिएकाे हाे।

गत कात्तिकमा सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियाे ।

हाल कम्पनीकाे चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्र थप ६ वटा शाखा कार्यालय सञ्चानलमा ल्याउँने संस्थाको तयारी छ ।

 



प्रतिक्रिया दिनुहोस !