पर्वत जिल्लाको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
काठमाडौं । पर्वत जिल्लाको जनसंख्या वृद्धिदर घटेको छ । जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार पर्वत जनसंख्या वृद्धिदर –०.९६ प्रतिशतले ऋणात्मक देखिएको हो ।
केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार जनगणना २०६८ मा पर्वत जिल्लाको कुल जनसंख्या १,४६५९० रहेको थियो भने २०७८ को जनगणना अनुसार १,३२७०३ रहेको छ । देश भर ऋणात्मक जनसंख्या हुने जिल्ला मध्ये दशौ स्थानमा पर्वत रहेको छ ।
त्यस्तै जिल्लाको कुश्मा नगरपालिकामा सबैभन्दा बढि जनसंख्या रहेको छ भने महाशिला गाउँपालिकामा सबैभन्दा कम जनसंख्या रहेको छ ।
विभागको प्रारम्भिक नतिजा अनुसार महाशिला नगरपालिकाको जनसंख्या ८,२३३ रहेको छ जसमध्ये पुरुषको संख्या ३,८६७ र महिलाको संख्या ४,३६६ रहेको छ ।
त्यस्तै कुश्मा नगरपालिकाको जनसंख्या ३८,७७४ रहेको छ जसमध्ये पुरुषको संख्या १८,५४३ रहेको छ भने महिलाको संख्या २०,२३१ रहेको छ ।
त्यस्तै विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पर्वत जिल्लाको कुल जनसंख्या १,४६,५९० रहेको छ भने वार्षिक जनसंख्या वृद्धिदर –०.९६ प्रतिशत रहेको छ ।
कुन पालिकाको जनसंख्या कति ?