आचार्य बेलायतको राजदूत नियुक्त
प्रकाशित मिति : 28 January, 2022 4:55 pm
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् ।
राष्ट्रपतिले आज उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सचिवबाट अवकाश पाएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका थिए ।