६ आश्विन २०८१, आइतबार

बाइडेनले युक्रेनको चिन्ता छाडेर अमेरिकी सीमा रक्षा गर्नुपर्छ: ट्रम्प

प्रकाशित मिति :  30 January, 2022 5:38 pm


वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्नुपर्छ र यसको सट्टा आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

“वाशिङ्गटनमा सबैजना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्, तर हाम्रो लागि अहिले संसारको सबैभन्दा महत्त्वपूर्ण सिमाना युक्रेनको सीमा होइन, यो अमेरिकाको सीमा हो र हामी यसको बारेमा केही गर्दैनौं,” ट्रम्पले टेक्सासको कन्रोमा शनिबारको र्‍यालीमा आफ्ना समर्थकहरूलाई भने।

ट्रम्पले अमेरिकी राष्ट्रपतिको पहिलो कर्तव्य अमेरिकी सीमाको रक्षा गर्नु पर्ने भए पनि अहिलेको अमेरिकी प्रशासन अन्य देशको ‘आक्रमण’को कुरामा व्यस्त रहेको टिप्पणी गरेका छन्।

“उनीहरूले यस देशको आक्रमण रोक्न आवश्यक छ,” ट्रम्पले जोड दिए, “जो बाइडेनले पूर्वी युरोपको सीमा रक्षा गर्न कुनै पनि सेना पठाउनु अघि, उनले टेक्सासमा हाम्रो सीमा रक्षा गर्न सेना पठाउनु पर्छ।”-रासस



प्रतिक्रिया दिनुहोस !