११ माघ २०८१, शुक्रबार

तत्काल चुनावको घोषणा नगरे सडक संघर्ष गर्ने अनेरास्ववियू स्याङ्जाको चेतावनी

प्रकाशित मिति :  30 January, 2022 6:38 pm


स्याङ्जा । अनेरास्ववियू स्याङ्जाले स्थानीय निर्वाचन तत्काल सरकारले घोषणा नगरे संघर्षको लागि सडकमा निस्कन तयार रहेको बताएको छ ।

अध्यक्ष सुगन रानाले आज विज्ञप्ति जारी गर्दै पाँच दलीय गठबन्धन सरकार संविधान विपरीत स्थानीय तहको निर्वाचन घोषणा नगरेर प्रतिगमनको बाटोमा अग्रसर भइरहेको भन्दै तत्काल चुनावको मिति घोषणा गर्न अनेरास्ववियू स्याङ्जाले माग गरेको छ ।

“अनेरास्ववियु तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार समक्ष जोडदार माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “अन्यथा लाखौ विद्यार्थीहरूलाई लोकतन्त्र बचाउने लडाइमा पुन एकपटक सडकमा उतार्न हामी बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयंम परमादेशबाट बनेको वर्तमान सत्ता गठबन्धन हुने चेतावनी दिन चाहन्छ ।”



प्रतिक्रिया दिनुहोस !