११ माघ २०८१, शुक्रबार

रोल्पाको विद्युत प्रशारण लाइन समस्या समाधानबारे ऊर्जामन्त्रीसँग छलफल

प्रकाशित मिति :  30 January, 2022 6:50 pm


काठमाडौं । शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती र रोल्पाको परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई भेटेर रोल्पाको विद्युत सेवाको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् ।

आज मन्त्री भुसाललाई भेटेर सभापति घर्ती र अध्यक्ष डाँगीले रोल्पामा विद्युत प्रशारण लाइन छिटो काम अगाडि बढाउन र बाढी,पहिरो,भूक्षय जस्ता प्राकृतिक प्रकोप रोकथाम सम्बन्धमा छलफल गरेर योजना माग गरिएको सभापति घर्तीको सचिवालयले जनाएको छ ।

रोल्पामा विद्युत प्रशारण लाइनको समस्या रहेको छ भने अझै पनि विद्युतीकरणका लागि योजना कार्यान्वयन हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !