पूर्वसांसद दुमनसिंह थापाको निधन
प्रकाशित मिति : 31 January, 2022 9:03 am
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता डा . दुमनिसिंह थापाको निधन भएको छ । उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा आइतबार साँझ निधन भएको उनको सचिवालयले जनाएको छ ।
दुई वर्षअगाडि मृगौला प्रत्यारोपण गरेका थापा स्वास्थ्यमा समस्या देखिपछि अस्पताल भर्ना भएका थिए ।
उनी अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थिए। अर्घाखाँचीको नरपानी स्थायी घर भएका ६२ वर्षीय थापा हाल नेकपा (एकीकृत समाजवादी) केन्द्रीय निर्वाचन कमिटी सदस्य थिए ।