१२ कार्तिक २०८१, सोमबार

हिजो उछाल आएको सेयरबजारमा आज दोहोरो अंकको गिरावट

प्रकाशित मिति :  31 January, 2022 3:29 pm


काठमाडौं । साताको पहिलो दिन हिजो १०५ अंकको उछाल आएको सेयर बजारमा आज कारोबारको दोस्रो दिन सोमबार भने दोरोहो अंकको गिरावट आएको छ ।

जेठमा स्थानीय निर्वाचन हुने हल्ला सँगै सेयर बजारमा उछाल आएको र आजको करेक्सन भनेको केही प्रोफिट बुकले गर्दा भएको सेयरबजारका जानाकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर मापक सूचक नेप्से परिसूचक १४.४८ अंकले घटेर २८७१.०७ अंकमा झरेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ सूचक पनि ०.०८ अंकले घटेर ५३८.४५ अंकमा झरेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयर बढेको छ भने १० वटा उपसमुहको सेयर घटेको छ ।

नेप्सेमा आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभपलमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५७ करोड १२ लाख ७८ हजार ६ सय ३९ रुपैयाँको कारोबार भएको छ ।

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड लघुवित्त कम्पनी र विन नेपाल लघुवित्त कम्पनी, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै सोमबार नेप्सेमा माउन्टेन हाइड्रो नेपाल कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त कम्पनीको सेयर मूल्य ३.४४ प्रतिशतले घटेर ५ सय ६ रूपैयाँमा झरेको छ ।

कूल २२५ वटा कम्पनीको एक करोड १ लाख ५ हजार ६ सय ६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४१ लाख ७७ हजार ५९८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !