११ माघ २०८१, शुक्रबार

अनेरास्ववियूका कार्यकर्ताले पुलचोकमा सञ्चारमन्त्री कार्कीलाई देखाए कालोझण्डा

प्रकाशित मिति :  1 February, 2022 11:03 am


काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीहरुले मंगलबार सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई कालोझण्डा देखाएका छन् ।

स्थानिय चुनावको मिती घोषणा गर्न माग गर्दै मन्त्री क्वार्टर अगाडी कालो झन्डा सहित अनेरास्ववियूका कार्यकर्ता पदर्शनमा उत्रिएका हुन । स्थानीय तहको निर्वाचन टार्ने खेलमा सत्ता गठबन्धन लागेको भन्दै कार्यकर्ताले कालो झण्डासहित मन्त्री कार्कीको गाडी घेरेका थिए ।

आन्दोलनका कार्यक्रम अन्तर्गत स्थानीय तहको चुनाव मिति नतोकिएकाले प्रतिकात्मक रुपमा मंगलबार मन्त्रीहरुलाई कालोझण्डा देखाइएको अनेरास्ववियूले जनाएको छ ।

सत्ता गठबन्धनले स्थानीय तहसहित तीनै तहको चनाव आउँदो कात्तिक/मंसिरमा गर्ने गरी छलफल गरेको थियो । तर सहमति नजुटेपछि आउँदो जेठमै चुनाव गर्ने तयारी सरकारले गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !