१२ कार्तिक २०८१, सोमबार

इमर्जिङ नेपालले माघको २६ गतेदेखि आइपीओ निष्काशन गर्ने

प्रकाशित मिति :  1 February, 2022 1:14 pm


काठमाडौं । यहि माघ २६ गते देखि प्राथमिक सेयर (आइपीओ) आउने भएको छ । इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आउँदो बुधबार आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नेछ । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्यायर बाँकि रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारण लागि हो ।

आईपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओ को कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्र्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काममा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस !