३ आश्विन २०८१, बिहिबार

भारतीय बजेटः नेपाललाई दिइने अनुदान बढ्यो

प्रकाशित मिति :  1 February, 2022 2:02 pm


काठमाडौं । भारतले नेपाललाई दिने अनुदानमा वृद्धि गरेको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार पेश गरेको आर्थिक वर्ष २०२२/२३ को बजेटमा नेपाललाई दिइने अनुदान गत वर्षको तुलनामा १ अर्ब भारुले बढाएर ७ अर्ब ५० करोड भारु पुर्‍याइएको छ ।

चालू आर्थिक वर्ष २०२१/२२ मा नेपाललाई दिइने अनुदान घटाएर ६ अर्ब ५० करोड भारु कायम गरिएको थियो, सुरुमा आर्थिक वर्ष २०२१/२२का लागि नेपाललाई दिइने अनुदान ९ अर्ब ९२ करोड भारु थियो ।

भारतले नेपाल, भुटान, अफगानिस्तान, बंगलादेशसहित १५ भन्दा अधिक मुलुकलाई दिने समग्र अनुदान बढाएको छ । सबैभन्दा बढी अनुदान पाउनेमा भुटान रहँदै आएको छ । आर्थिक वर्ष २०२२/२३मा भुटानलाई १५ अर्ब ६० करोड भारु राजस्व अनुदान र ७ अर्ब ६ करोड भारु पुँजीगत गरी २२ अर्ब ६६ करोड भारु अनुदान विनियोजन गरिएको छ ।

भुटानपछि सर्वाधिक भारतीय अनुदान पाउनेमा मरिसस रहेको छ । आर्थिक वर्ष २०२२/२३ मा मरिससका लागि ९ अर्ब भारु अनुदान विनियोजन गरिएको छ भने मरिससका लागि ६ अर्ब भारु अनुदान विनियोजन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !