१२ मंसिर २०८१, बुधबार

भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रकाशित मिति :  1 February, 2022 1:52 pm


काठमाडौं । सरकारले भोलि माघ १९ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालय आज एक विज्ञप्ति जारी गर्दै बुधबार भोलि सोनाम ल्होछारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको हो।

विज्ञप्तिमा माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। योसँगै भोलि सेयर बजार पनि बन्द रहने भएको हो।



प्रतिक्रिया दिनुहोस !