६ आश्विन २०८१, आइतबार

भारतीय बजेटमा क्रिप्टोकरेन्सी ल्याउने घोषणा

प्रकाशित मिति :  1 February, 2022 2:09 pm


काठमाडौ ।भारतकी वित्तमन्त्री निर्मला सीतारमणले यो वर्षको बजेट सदनमा प्रस्तुत गरेकी छिन् । वित्त मन्त्री सीतारमणद्वारा प्रस्तुत गरिएको यो बजेट चौथो हो ।

यो बजेटमा आयकरमा कुनै बदलाव गरिएको छैन् । भारतको केन्द्रीय बैंक आरबीआईले डिजिटल करेन्सी ल्याउने जनाएकी छिन् ।क्रिप्टोकरेन्सीबाट हुने कमाइमा ३० प्रतिशतको कर लगाइएको छ ।

भारतले यो वर्ष नै डिजिटल मुद्रा जारी गर्ने र यसबाट भारतको अर्थतन्त्रलाई विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । करपोरेट करलाई १८ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारेकी छिन् । बजेटमा जलवायु परिवर्तनसम्बन्धी परियोजनाहरू उल्लेख गरिएका छन् ।

६० लाख नयाँ रोजगार सिर्जना हुने अपेक्षा गरिएको छ । यो वर्ष २५ हजार किलोमिटर बराबरको सडक विस्तार गरिनेछ । यसका लागि २० खर्ब भारु छुट्टयाइएको छ ।

गरिबका लागि ८० लाख घर निर्माण गरिनेछ । यसका लागि ४८ खर्ब भारु छुट्टयाइएको छ ।सन् २०२२/२३ मा ई–पासपोटी जारी गरिने छ । यसमा जडान गरिएको चिपबाट विदेशमा जाने भारतीयहरूलाई सहुलियत प्राप्त हुनेछ । हुलाक घरमा अब एटीएमको सुविधिा प्राप्त हुनेछ ।
साना मझौला कार्यक्रम विस्तार गर्न ६ वर्षमा ६० अर्ब भारु प्रवाह हुनेछ ।

गङ्गा किनारमा अब प्राङ्गारिक खेती गरिने र यसको भुक्तान सिधा किसानको खातामा पठाइने प्रावधान गरिएको छ । गङ्गा किनारका ६ किलोमिटरको क्षेत्रमा पर्ने जग्गामा प्राङ्गारिक खेती गरिने छ । खेतीयोग्य जग्गाको दस्तावेज डिजिटलीकरण गरिनेछ । हरेक प्रदेशमा कृषि विश्वविद्यालयको पाठ्यक्रममा परिवर्तन ल्याउन भनिनेछ । यसबाट खेतीको लागत कम हुने अपेक्षा गरिएको छ । किसानलाई दिइने डिजिटल सेवा अन्तर्गत दस्तावेजन, मलखाद, औषधि जस्ता सेवा उपलब्ध हुनेछ ।



प्रतिक्रिया दिनुहोस !