१० मंसिर २०८१, सोमबार

जिल्ला अस्पताल  स्याङ्जामा अक्सिजन प्लान्ट सञ्चालनमा

प्रकाशित मिति :  1 February, 2022 3:05 pm


स्याङ्जा । जिल्ला अस्पताल  स्याङ्जामा अक्सिजन प्लान्ट जडान भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ कुमाल गाउँमा रहेको स्याङ्जा अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले उद्घाटन गरेका छन् ।

यहि माघ १० गते गण्डकी प्रदेश जनसंख्या तथा स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङले निरीक्षण गरि आवश्यक विद्युत जडान गर्न निर्देशन दिएपछि थप मात्रामा विद्युत जडान गरि आजदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।

अस्पताल प्रमुख डा रमेश प्रसाद आचार्यका अनुसार जडान गरिएको अक्सिजन प्लान्ट विद्युतको पर्याप्त मात्रा भोल्टेज नभएको हुँदा सञ्चालन हुनबाट रोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस !