१२ कार्तिक २०८१, सोमबार

नेप्से १९ अंकले बढ्दा कारोबार रकम ६ अर्ब माथि

प्रकाशित मिति :  1 February, 2022 3:17 pm


काठमाडौं । साताको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० अंकमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५४२.९० अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ वटा उपसमुहमध्ये ४ वटा उपसमुहको सेयर घटेको छ भने बाँकी ९ वटा उपसमुहको सेयर बढेको छ ।

आज कारोबार रकमका आधारमा नेशनल हाइड्रो पावर लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ३ करोड ९० लाख १४ हजार १ सय ७० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

आज कुल २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !