११ माघ २०८१, शुक्रबार

२०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव

प्रकाशित मिति :  1 February, 2022 6:07 pm


काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते बुधबार एकै चरणमा गर्न प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर दोउवासँगको परामर्शमा आयोगले प्रस्ताव अनुसार निर्वाचनको मिति तोकिएमा स्थानीय तहको निर्वाचन तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ ।

भेटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगको परामर्श अनुसार प्रस्तावित मितिमा एकै चरणमा स्थानीय तहका सदस्यको निर्वाचन गर्न आवश्यक प्रक्रिया पुरा गरी निर्वाचनको मिति तोकिने जानकारी गराएका छन् ।

प्रधानमन्त्री देउवाले स्थानीय तह सदस्यको निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीका कार्यहरु गर्न निर्वाचन आयोगलाई आग्रह गर्दै गृह मन्त्रालयलाई आवश्यक सुरक्षा बन्दोवस्त मिलाउन समेत निर्देशन दिए ।

प्रधानमन्त्री देउवासँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन एकै चरण वा दुई वा दुई भन्दा बढि चरणमा गर्न सकिने कानुनी व्यवस्था रहेपनि खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थामा सहजता हुने,समग्र निर्वाचन व्यवस्थापनमा सजिलो हुने, मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुने, निर्वाचन प्रचार प्रसार खर्च कम हुने, आचारसंंहिताको अवधि कम हुने हुँदा अन्य काम प्रभावित नहुने, एउटा ठाउँको निर्वाचन परिणामले अर्को ठाउँमा प्रभावित नपर्ने लगायतका विषय प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !